१० कार्तिक २०८३, मंगलबार

स्वास्थ्यकर्मीलाई जातीय विभेद गर्ने तीनजना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । मुगुमा स्वास्थ्यकर्मीलाई जातीय विभेद गर्ने थप एकजना पक्राउ परेका छन् ।

प्रहरीले २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका-९ का सुरजकुमार शाहीलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले सोरू गाउँपालिका-९ का ५४ वर्षीय झ्‍यापु शाही र सोही पालिकाको वडा-६ का धनप्रसाद भट्टलाई पक्राउ गरिसकेको छ ।

स्वास्थ्यकर्मी विश्वर्माले आफूलाई लामो समयदेखि जातीय विभेद गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।