१ कार्तिक २०८३, आइतबार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुनसरी, ९ पुस । धरान उपमहानगरपालिका-११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय ५ रूपैंया र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।