
काठमाडौं, ९ पुस । आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरीले जनकपुरधामको सीताचोकस्थित सगुन होटेलबाट उनलाई पक्राउ गरेको हो ।
गत मंसिर २० गते सर्वोच्च अदालतले मोतीबाबु र आरतीको ससुरा मदनमोहन व्याहुत सुँडीलाई पुन: पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।
गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत भेटिएकी थिइन्।















प्रतिक्रिया