
काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू अहिलेको सरकार र गृहमन्त्रीको रेसमा नरहेको बताएका छन् ।
चितवनको नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार र गृहमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका हुन् । उनले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे ।
आफूले सुन तस्करीको प्रमाण गृहमन्त्री नायरायणकाजी श्रेष्ठलाई दिँदा पनि कारबाही नगरेको भन्दै रविले असन्तुष्टि व्यक्त गरेका हुन् ।
यस्तो छ, उनको भनाइ-
मैले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको थिएँ। धेरैले सूचना भएको मान्छेले दिनुपर्छ भन्नुभयो। मैले कुन सूचना कहाँ दिने भन्ने ध्यान र ज्ञान राख्नुपर्छ। मैले गृहमन्त्रीज्यूलाई गएर नै तपाईँको निकटमा रहेको मान्छे जो अध्यागमनको डिजी हुनुहुन्छ।
झलकराम अधिकारी उहाँको संलग्नता देखिएको छ, उहाँले दावा भन्ने मान्छे जो सुन तस्करीको नाइके यो यो सामानमा सुन आयो है भन्दै पठाउनुभएको छ।
अहिले छानबिनको लागि जहाँ गएर छापा मारियो छारिय । यी सामान छ कि छैन हेर्नुस्। केके सामान गएका छन्। यो काम कसले गर्यो झलकराम सुवेदीले गर्नुभयो। उहाँ गृहमन्त्रीको नजिकको मान्छे। उहाँलाई यो मोड्नुपर्यो राजस्व अनुसन्धानले त राम्रो काम गरेको थियो। मैले गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर यी सब चिज देखाए उहाँलाई त गज्जब भयो। उहाँले कारबाही गर्नुहोला भनेको त ।
गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि। उहाँ ९गृहमन्त्री०लाई त त्यो अनुसन्धान प्रहरीतिर ल्याउनु थियो। उहाँहरु मान्छेलाई सायद जोगाउनु थियो होला। अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन ।
मलाई त्यसमा कुनै चासो छैन । तपाईँ सम्हाल्नुस् । अहिले मात्रै होइन बाचुन्जेल गृहमन्त्री खानुहोला । भलै तपाईँलाई गृहमन्त्री बन्नको लागि चुनाव हारे पनि जित्नु परेन तर म यो देशको सबैभन्दा धेरै मत ल्याएको सांसदको हैसियतले भन्न चाहन्छु गृहमन्त्रीज्यू तपाईँ आफ्नो मान्छेहरूलाई जोगाउनुहोला ।















प्रतिक्रिया