१० कार्तिक २०८३, मंगलबार

रिहा हुने दिनमै मोरङ कारागारमा कैदीको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । मोरङ कारागारमा एकजना कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर– १० का ४८ वर्षीय चण्डेश्वर सहनी रहेका छन् । उनलाई ‘पेट दुख्ने र श्वास प्रश्वाससम्बन्धी समस्या देखिएपछि दुई अगाडि विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो । सहनी आज कैदमुक्त हुँदै थिए ।

कारागारबाट बाहिर निस्कने दिन नै उनको मृत्यु भएको हो ।