
काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायण–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउन पैदलयात्रा सुरु गरेको छ ।
आज सोमबार बिहान सवा १० बजे नवलपुरको गैँडाकोट नगरपालिका-२ भृकुटीचोकबाट रास्वपाको पैदलयात्र सुरु भएको हो । यात्राको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गरेका छन् ।
नारायणगढ–बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा तीन दिनमा पूरा गरिने रास्वपाले जनाएको छ । यात्राको क्रममा बस्तीमा हिड्ने र जंगलमा सवारीसाधनको प्रयोग गरिने तयारी रहेको रास्वपाले जनाएको छ ।











प्रतिक्रिया