
काठमाडौं, ९ पुस । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४६ रुपैयाँ १६ पैसा र बिक्री दर १४६ रुपैयाँ ८२ पैसा रहेको छ ।
यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५९ पैसा र बिक्री दर १६९ रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया