
काठमाडौं, ८ पुस । नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । आइतबार सभापति देवराज घिमिरेले सांसद कोइरीको निलम्बन फुकुवा गरेका हुन् ।
कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो ।
अदालतले उनलाई सफाइ दिएसँगै सांसद पद निलम्बन फुकुवा गरिएको हो ।
















प्रतिक्रिया