१० कार्तिक २०८३, मंगलबार

सुन प्रकरण: त्रिभुवन विमानस्थलको तीन महिनाको सीसीटीभी रेकर्ड गायब !

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । त्रिभुवन विमानस्थलको तीन महिनाको सीसीटीभी फुटेज नै गायब पारिएको खुलेको छ ।

सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले गठन गरेको समितिको प्रतिवेदनमा तीन महिनाको फुटेज नै गायब गरिएको उल्लेख गरिएको छ ।

पटक-पटक गरी मीन बहादुर घले, चन्द्र घले र कृष्ण कुमार श्रेष्ठले गरी जम्मा १३८ केजी सुन ल्याई विमानस्थलबाट सेटिङ्ग मिलाई बाहिर ल्याउने निष्कर्ष समितिले निकालेको छ ।

समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सिँढीको सीसी टीभी फुजेट माग गरेको थियो । तर विमानस्थलले त्यहाँको सीसी क्यामरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी समितिलाई दिइएको र २१ दिनको मात्रै फुटेज उपलब्ध गराएको हो ।

मंसिर २१ गते दुबईबाट नेपाल तस्करी भएर आएको १४ किलो सुनको अध्ययन गर्ने क्रममा भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज पाएको हो ।