१० कार्तिक २०८३, मंगलबार

यही कुशासनको दुष्चक्र भित्रबाट देश विकासको सपना देख्न सकिँदैन: केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसेको बताएका छन् ।

एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले यात्राको क्रममा भ्रष्टाचार विकास आयोजनको पर्याय जस्तै बनेको बताएका हुन् ।

भ्रष्टाचार, कमिसन र अनियमितताको कारण विकास र समृद्धिको काम ठप्प भएको ओलीको भनाइ छ । ‘यही कुशासनको दुष्चक्र भित्रबाट देश विकासको सपना देख्न सकिँदैन’, उनले भने ।

‘सुखी नेपाली, समृद्धि नेपाल’ एमालेले आफ्नो आकांक्षाको रूपमा लिएकोले यसलाई पूरा गरेरै छाड्ने उनले दावी गरे । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र सुशासनको पक्षमा नेकपा एमाले निरन्तर लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

यात्राको क्रममा नेकपा एमालेको देश र जनता प्रतिको बुझाइ निक्कै फराकिलो भएको उनले बताए । कुनै पनि विश्वविद्यालयबाट प्राप्त गर्न नसक्ने ज्ञान यात्राको क्रममा प्राप्त भएको उनले प्रष्ट पारे ।