
काठमाडौं, ८ पुस । प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।
सांसदको कोरम नपुगेपछि बैठक स्थगित भएको हो । ५६ जना सांसदहरू उपस्थित हुनुपर्नेमा २० जना मात्रै उपस्थित भएका थिए ।
आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ को सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो ।
अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ ।















प्रतिक्रिया