
बारा, ७ पुस । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले गठबन्धन सरकारले जनताका समस्या समाधानमा ध्यान नदिएको आरोप लगाएका छन् ।
एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल जीतपुरसिमरा उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै उनले सरकारले जनताका समस्या समाधानमा ध्यान नदिएको बताएका हुन् ।
उनले आदिवासी जनजातिका समस्या समाधान गर्ने तर्फ सरकारको कुनै ध्यान नदिएको उल्लेख गर्दै गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको दाबी गरे । पूर्वमन्त्री पौडेलले जति दिन यो सरकार रहन्छ त्यति नै मुलुकमा आर्थिक संकट बढ्ने र मुलुक उदोगतीतर्फ जाने दाबी गरे ।
कार्यक्रममा महासंघका केन्द्रीय महासचिव पासाङ भोटे तामाङ, एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद देवनारायण चौधरी, प्रदेश कमिटी सदस्य किशोर शर्मा, महासंघका केन्द्रीय सदस्यहरू चयन गुरुङ, सीता गुरुङ, मधेस प्रदेशका अध्यक्ष दुर्गा गुरुङ, एमाले एमालेका नगर अध्यक्ष तथा जीतपुरसिमराका उपप्रमुख भोला अधिकारी, एमाले जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनले सुवास श्रेष्ठलाई अध्यक्ष, हेमनारायण चौधरीलाई उपाध्यक्ष र श्यामबाबु खा सचिव र कोषाध्यक्षमा अनिता रुम्बा सहित ४५ सदस्सीय नगर कमिटी गठन गरेको छ ।











प्रतिक्रिया