
पोखरा, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि प्रहार गरिएको मकैको खोया सजाएर राख्ने बताएका छन् ।
आफूमाथि खोया प्रहार भएपछि लामिछानेले यस्तो बताएका हुन् । उनले आफूले टेलिभिजन पत्रकारितामा रहँदा धेरै नेपालीको पक्षमा काम गरेको उपहार अहिले खोयाको रुपमा पाएको भन्दै व्यंग्यसमेत गरेका छन् ।
शनिबार पोखराको अमरसिंह चौरमा आयोजित सभालाई सम्बोधन गरिरहेका बेला लामिछानेमाथि सभामा सहभागी एक युवाले मकैको खोया प्रहार गरेका थिए ।
‘यो मलाई चेतवानी दिइएको हो । तपाईं र मेरा सपना वास्तविकतामा परिणत नभएसम्म यसलाई सजाएर राख्नेछु,’ प्रहार गरिएको खोया देखाउँदै लामिछानेले भने । उनले जतिसुकै प्रहार भए पनि आफू कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताए ।
खोया प्रहार गर्ने युवक लमजुङ घर भई पोखरामा बस्दै आएका २८ वर्षीय सन्तोष रानाभाट भएको कास्की प्रहरीले जनाएको छ । उनी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।
सम्बोधका क्रममा लामिछानेले सहकारीको विषय उठाएपछि उनले खोया प्रहार गरेका थिए । खोयो प्रहारसँगै उनले लामिछानेमाथि सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् ।











प्रतिक्रिया