२६ कार्तिक २०८३, बिहिबार

बिजुलीका तार चोर्न खोज्दा करेन्ट लागेर दुई जना गम्भीर घाइते

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ पुस । चितवनको भरतपुर महानगरपालिका–२ आँपटारीमा बिजुलीको तार चोर्न खोज्दा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार राती करेन्ट प्रवाह भइरहेको बिजुलीका तार चोर्न खोज्दा आँपटारीका प्रकाश नेपाली र सुनिल खनाल घाइते भएका हुन् । उनीहरूको अनुहार जलेको छ ।

उनीहरुको चितवन मेडिकल कलेज (सिएमसी)को आइसियुमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि गए राति १ बजे चितवन मेडिकल कलेज पुर्‍याइएको थियो ।

करेन्ट प्रवाह भइरहेको तार चोर्ने नियतले काट्न खोज्दा दुई जनालाई करेन्ट लागेको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।