२६ कार्तिक २०८३, बिहिबार

एमाले रौतहटको जिल्ला अधिवेशनका लागि माघ ३ गते प्रतिनिधि छनौट गरिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ७ पुस । नेकपा (एमाले) जिल्ला कमिटी रौतहटको बैठक गरुडामा सम्पन्न भएको छ । बैठकले एमाले रौतहटको १०औं जिल्ला अधिवेशन माघ १२ र १३ गते गरुडामा गर्ने निर्णय गरेको छ ।

अधिवेशन तयारीका लागी विभिन्न उपसमिति समेत गठन गरिएको छ । अधिवेशनमा प्रत्येक पालिका बाट ५० जना संगठित सदस्य बराबर ५ जना प्रतिनिधि चयन गर्ने, ५० जना भन्दा बढी सदस्य भएमा २० जनामा थप १/१ जनाका दरले थप गर्दै जाने निर्णय गरेको छ ।

त्यसैगरी अधिवेशन भएका जनसंगठन बाट ३ जना र अधिवेशन हुन नसकेका जनसंगठका जिल्ला कमिटीबाट २ जनाको दरले प्रतिनिधित्व गराउनुका साथै जिल्ला भरिका पालिकामा माघ ३ गते एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ ।

बै जिल्ला कमिटीका संयोजक सचितानन्द साहको अध्यक्षतामा सम्पन्न बैठकमा पोलिटब्युरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आथित्यता रहेको थियो । बैठकमा केन्द्रीय कमिटी सदस्यहरु उद्धव रेग्मी, अजय गुप्ता, रेखा झा, मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देस्वर मण्डल, प्रदेश सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारी लगायतको सहभागिता रहेको थियो ।