२६ कार्तिक २०८३, बिहिबार

कारको टायर पड्केर दुर्घटना हुँदा एकको मृत्यु

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ पुस । चितवनको कालिका नगरपालिका-१ लंकालाइनमा कारको टायर पड्केर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार भरतपुरबाट कालिका नगरपालिकाको खोलेसिमल जाँदै गरेको बा ११ च ८७८९ नम्बरको कारको अगाडिको टायर पड्केर अनियन्त्रित हुँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परि कार चालक काठमाडौं महानगरपालिका-५ का विष्णु क्षेत्रीको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

कारको टायर पड्किदा कार अनियन्त्रित भई नालीमा पल्टिएको थियो । कारमा क्षेत्री मात्रै सवार थिए ।