
काठमाडौं, ६ पुस । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सुनसरीको धरानमा शुक्रवार सम्पन्न भएको छ । सभाले विभिन्न एजेन्डासहित संस्थाको आव २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।
सभाले संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ लाभांश ९कर प्रयोजन समेत० वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाबाट संस्थापक एनआई सी एशिया बैंक लिमिटेडका तर्पmबाट मनोनित भई प्रतिनिधित्व गरेका दीपक ढकाल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
साथै, नव निर्वाचित सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोषकुमार राठीसमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यानुभव रहेका ढकाल एनआईसी एशिया बैंकमा प्रमुख जोखिम अधिकृतमा कार्यरत थिए ।
उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरूमाझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया