१० कार्तिक २०८३, मंगलबार

मन्त्री किरातीविरूद्व राप्रपाको प्रदर्शन (भिडिओसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

धर्मका बारेमा मन्त्री किराँतीको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिक भएको भन्दै राप्रपा काठमाडौं क्षेत्र नंवर ४ ले शुक्रबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले सुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गर लगाएतका नारा लगाएका थिए । प्रदर्शनका क्रममा राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाले मन्त्रीको अभिव्यक्ति ८१ प्रतिशत हिन्दुको भावना विपरीत भएको बताए ।

राजासहितको प्रजातन्त्र हिन्दुराष्ट्र र संघीयताको खारेजको माग सहित राप्रपाले आन्दोलन गर्ने उनले बताए ।