
काठमाडौं, ६ पुस । सामाजिक सुरक्षा कोषले विभिन्न ४४ वटा पदमा ५१ जना कर्मचारी माग गरेको छ ।
लोक सेवा आयोगद्वारा लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गरिने गरी कोषले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । कोषले उपनिर्देशकदेखि सहायक कम्प्युटर अपरेटरसम्मका कर्मचारी माग गरेको हो ।
माग भएका पदमा खुला तथा समावेशी व्यवस्थाअन्तर्गत भर्ना गरिने कोषले जनाएको छ । कोषले दरखास्त आह्वान गरेको पदमा पुस २६ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।












प्रतिक्रिया