२६ कार्तिक २०८३, बिहिबार

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ६ पुस । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-३ का ३० वर्षको विष्णु ढकाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार दुर्घटनामा दाङको घोराही उपमहनगरपालिका-१२ बस्ने ३२ वर्षको यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका-५ बस्ने हिमाल घर्ती गम्भीर घाइते भएका छ्न ।

घाइतेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तानसेन रिडी तम्घास सडक खण्ड अन्तरगत रिब्दीकोट गाउँपालिका-२ लघुवामा कुडहर भन्ने स्थानमा रा १ ख २४०४ नम्बरको टिपर दुर्घटना भएको हो ।

प्रहरीकाअनुसार टिपरमा चालकसहित चार जना सवार रहेकोमा चालक बाहेक तीन जना गम्भीर घाइते भएका थिए । घाइतेहरुलाई स्थानीयको सहयोगमा उद्धार गरेर युनाइटेड मिसन अस्पताल तानसेन पठाइएको थियो ।

टिपर सडकबाट करिब १५० मिटर तल खसेको छ । टिपर चालक भने सकुशल रहेको हुँदा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ ।