२ कार्तिक २०८३, सोमबार

माछापुच्छ्रे बैंकको सीईओमा पुन: सन्तोष कोइराला नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला नियुक्त भएका छन् ।

कोइराला दोस्रो कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निणर्य गरेको हो।

कोइरालासँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ। कोइरालालाई आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा लिइन्छ ।

उनको पहिलो कार्यकालमा माछापुच्छ्रे बैंकले वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ ।