१० कार्तिक २०८३, मंगलबार

सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८० स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका स्वीकृत गरेको हो ।

यस्तै, बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ‘ख’ को प्रयोजनको लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलित बाहेक) लाई अल्पसंख्यकका रूपमा तोक्ने निर्णय पनि गरेको छ ।

बैठकले अपांगता भएका ब्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गर्ने निर्णय भएको छ। यसैगरी मन्त्रिपरिषदले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।