१० कार्तिक २०८३, मंगलबार

परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्री साब्रीबीच के-के भयो छलफल ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । परराष्ट्रमन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका श्रीलंकाका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ ।

बिहीबार काठमाडौंमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी लगायतका बिषयमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

उनले द्विपक्षीय सम्बन्धहरूको पुनरावलोकन गर्ने बिषयमा गम्भीर छलफल भएको, सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने साथै सबै राष्ट्रका बीचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको बताए ।

संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरुलाई दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा छलफल भएको मन्त्री साउदले जानकारी दिए । मन्त्री साउदले आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा पनि छलफल भएको जिकिर गरे ।

त्यस्तै श्रीलंकाका विदेशमन्त्री अली साब्रीले दुई देशबीच धैरै बिषयमा समानता रहेको भन्दै सहयोगको आदानप्रदानलाई प्राथमिकतामा राखिने बताए । उनले दुईदेशको सम्बन्धलाई थप प्रगाढ बनाउन शिक्षा, व्यापार, पर्यटन लगायतका बिषयम लामो समय सहकार्य गर्दै लैजाने जिकिर गरे ।