१० कार्तिक २०८३, मंगलबार

भ्रष्टाचारविरूद्व प्रदर्शनमा उत्रिएका १५ जना मानवअधिकारवादी माइतीघरबाट पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । भ्रष्टाचारविरूद्व काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा प्रदर्शनमा उत्रिएका १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

एनसेल घोटाला प्रकरणमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्नुपर्ने, प्रकरणमा संलग्न प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री जो कोही भएपनि कारबाही गर्नुपर्ने, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण हुनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।