२ कार्तिक २०८३, सोमबार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारकै मूल्य अर्थात प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।