२७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं उड्न लागेको बुद्ध एयरको ढोका खुलेपछि…

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पोखरा, ५ पुस । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको छ ।

बिहीबार बिहान ९ः४० बजे पोखराबाट काठमाडौं उड्न लागेको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आकस्मिक ढोका यात्रुले खोलेका थिए ।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

यात्रुले के कति कारणले ढोका खोलेका हुन्, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले ती यात्रुसँग सोधपुछ गरिरहेको पनि बुद्ध एयरले जनाएको छ ।

ढोका खोलेको विमान प्राविधिकले जाँच गरिरहेको बताइएको छ । काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले जनाएको छ ।