
काठमाडौं, ५ पुस । काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको । बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको हो ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो । ‘यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,’ उनले भने ।
काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।











प्रतिक्रिया