
काठमाडौं, ४ पुस । रूसी सेनामा रहेको थप एकजना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुन्दन सिंह नागल रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यस्तै, युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनमा बन्धक छन्।
मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुन: अनुरोध गरिएको पनि जानकारी दिएको छ ।















प्रतिक्रिया