१० कार्तिक २०८३, मंगलबार

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् ।

संसदीय विशेष सुनुवाइ समितिले आज अनुमोदन गरेका ६ जना न्यायाधीसलाई राष्ट्रपतिले नियुक्त गरेका हुन् ।

नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।