९ कार्तिक २०८३, सोमबार

नेफ्स्कूनको अध्यक्षमा परितोष पौड्यालको उम्मेदवारी घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को अध्यक्षमा परितोष पौड्यालले उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंको हार्दिक होटलमा आयोजित कार्यक्रममा पौड्यालले एमाले निकट सहकारीकर्मीहरुको तर्फबाट पुन उम्मेदावरी घोषणा गरेका हुन् ।
यही पौष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको ३२औं साधारण सभा हुँदैछ ।

उम्मेदवारी घोषणा कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारी, पूर्व प्रमुख कमल चौलागाई लगायत सहकारी अभियन्ताहरुको उपस्थिती रहेको थियो ।