९ कार्तिक २०८३, सोमबार

मेचम्चीको पानी ल्याउन ढिलासुस्ती भएको भन्दै नेविसंघको विरोध प्रदर्शन (भिडिओ)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीबिरुद्ध नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलव्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले मेलम्चीको पानी हामीले कहिले खाने ?, मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गर, लगायतका प्ले कार्य प्रदर्शन गरेका थिए ।

नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा बितरण हुन नसकेको बताए ।

उनले मेलम्ची खानेपानी छिटो ल्याउने वातावरण बनाउन खवरदारी गर्ने उदेश्यले प्रदर्शन गरिएको जिकिर गरे । मेलम्ची खानेपानीमा अव पनि ढिलाई भए थप आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ ।