
काठमाडौं, ४ पुस । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जना न्यायाधीसको नाम अनुमोदन गरेको छ ।
आज बसेको समितिको बैठकले समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो।
समितिले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम अनुमोदन गरेको हो ।
न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो। त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो। अब राष्ट्रपतिले उनीहरूलाई न्यायाधीसमा नियुक्त गर्नेछन् ।















प्रतिक्रिया