२७ कार्तिक २०८३, शुक्रबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठक आज बुधबार दिउँसो ३ बजे बस्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार बैठकमा आगामी आसन्न माघमा हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षे समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियानलगायतका विषयमा छलफलपछि निर्णय हुनेछ ।

मंगलबार बसेको पदाधिकारी बैठकमा यी विषयमा छलफल भए पनि आज आधिकारिक निर्णय हुने सापकोटाले बताए ।