९ कार्तिक २०८३, सोमबार

अमरेशप्रति प्रधानमन्त्रीको टिप्पणी-के भन्ने छ नि…केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नी छोरी गंगा दाहालमाथि लागेको आरोपको खण्डन गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार सांसदहरूले परिवारका सदस्यहरूको संलग्नताबारे प्रश्न उठाएपछि प्रधानमन्त्री दाहालले खण्डन गरेका हुन् ।

विशेषगरी उनले सांसद अमरेश कुमार सिंहले लगाएको आरोपको कडा प्रतिवाद गरेका हुन् । सांसद सिंहले प्रधानमन्त्री पुत्री गंगा एनसेल बिक्री प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै आएका छन् ।

प्रधानमन्त्रीले समितिमा जवाफ दिँदै भने,– ‘मेरो परिवारका सदस्य घट्दै गएर अहिले तीन जना रहेका छौं । एउटी छोरी भरतपुर महानगरको मेयर छ । उतै व्यस्त छ । अर्की एउटी छोरी छ । बिचरा ऊ कस्ती छ, त्यो सबैले थाहा पाउनु भएकै छ, ‘प्रधानमन्त्री दाहालले भने, ‘बनाएको छ, उचालेको छ । यो वास्तवमा संविधान सिस्टम र लोकतन्त्र गणतन्त्रमाथि हमला हो । यसमा म क्लियर छु । प्रचण्डलाई नराम्रोसँग ह्युमिलिएट नगरेसम्म र डिप्रेस नबनाएसम्म यो नउल्टिने भयो भन्ने धेरैलाई छ । के भन्ने छ नि…त्यस्ता…लाई चलाएर खै के भन्छन् नि ! म किन त्यस्तालाई चलाउँछु,’ ।