९ कार्तिक २०८३, सोमबार

देशमा व्यवहारिक रूपमा सरकार छैन: उपमहासचिव गुरूङ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ३ पुस । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशमा संवैधानिक र कानूनी रुपमा मात्रै सरकार रहे पनि व्यवहारिक रुपमा सरकार नरहेको बताएका छन् ।

लमजुङको बेंसीशहर नगरपालिका–५, नाल्मास्थित अन्नपूर्ण माविको हीरक जयन्ती तथा प्रथम नाल्मा महोत्सव २०८० को मंगलबार उद्घाटन गर्दै उपमहासचिव गुरूङले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्राबाट देशमा सरकार नभएको प्रमाणित भएको स्पष्ट पारे ।

उनले १ हजार ८ सय ७९ किलोमिटर यात्रा गर्दा मध्यपहाडी लोकमार्गको हरिबिजोग देखेको टिप्पणी गरे ।

नेपालमा सडक र पुलहरु अलपत्र परेको, गाउँबाट नागरिकहरु शहर झरेको, महंगी, भ्रष्टाचार, तस्करी, घुसखोरी बढेकोलगायत समस्या रहे पनि समाधानको कुनै काम नगर्दा सरकार असफल भएको उनले बताए ।