
काठमाडौं, ३ पुस । वीर अस्पतालको निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेललाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको हो । यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा. पौडेललाई पुनः वीर अस्पतालमा पुनर्वहाली हुने बाटो खुला भएको छ ।
निर्देशकबाट हटाइएका पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा पौडेललाई मंसिर १५ देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको थियो । त्यसलगत्तै डा. पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए।











प्रतिक्रिया