
काठमाडौं, ३ पुस । एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतले यस्तो आदेश दिएका हुन् ।
न्यायाधीश राउतको एकल इजलासले रिटमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि पुस १६ गते बोलाउने आदेश दिएको छ ।
सांसद सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको छ ।











प्रतिक्रिया