२७ कार्तिक २०८३, शुक्रबार

एनसेलको सेयर खरिदबिक्रीविरुद्धको रिटमाथि सुनुवाइ सकियो, आजै फैसला आउने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएको छ ।

रिटमाथिको सुनुवाइ सकिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । उनका अनुसार सुनुवाइ सकिएकाले आजै बेलुकासम्म फैसला आउनेछ ।

सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा तोकिएको थियो ।

लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ भएको हो ।

यसअघि मंसिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मंसिर पुस १ गते भने रिट निवेदककै कानून व्यवसायीले स्थगित गराएका थिए ।

पुस २ गते सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको रिट बेञ्च बस्न नभ्याएर स्थगितमा परेको थियो ।