२७ कार्तिक २०८३, शुक्रबार

श्रमिक वर्गको समस्या समाधान गर्न आवश्यक छ : मुख्यमन्त्री कार्की

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुन्दरहरैँचा (मोरङ), ३ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि आउँदैन भने । “श्रमिकको सम्मान छैन, त्यसैले हामी पछाडि छौँ”, उनले भने, “यहाँ कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक छ । त्यसमा विभेद कायम नै छ ।” मुख्यमन्त्री कार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्छ भने ।

“श्रमिकसँग गर्ने व्यवहारमा समानता नआउञ्जेल परिवर्तन हुँदैन”, उनले भने, “सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमा एकरूपता ल्याउनुपर्छ, त्यसमा सरकार प्रतिबद्ध छ ।”

उपसचिव कृष्णप्रसाद पोखरेलले कोशी प्रदेशमा श्रम, रोजगार र आप्रवाससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सुरक्षित आप्रवाशनका लागि कोशी प्रदेशका १४ वटै जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको बताए ।