९ कार्तिक २०८३, सोमबार

पार्टीको विधान संशोधन गर्ने तयारी एकीकृत समाजवादीको तयारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले विधान संशोधन प्रस्ताव पेश गरेको हो ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन बिभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सचिवालय बैठकमा प्रस्ताव पेश गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

विधान संशोधन प्रस्तावमाथि मंगलबार पनि सचिवालय बैठकमा छलफल हुने उनले बताए । प्रस्तावमाथि आएका सुझावहरुलाई समेटेर अघि बढाइने उनले बताए ।

सचिवालयको बैठकपछि पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिट्व्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटिको बैठक बस्ने समाजवादीले जनाएको छ ।

त्यस्तै समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।