९ कार्तिक २०८३, सोमबार

त्रिभुवन विश्वविद्यालयले बनायो विश्व कीर्तिमान

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । त्रिभुवन विश्वविद्यालयले विश्व कीर्तिमान कायम गरेको छ ।

सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा सबैभन्दा धेरै विद्यार्थी सहभागी गराएर त्रिविले कीर्तिमान बनाएको हो ।

दीक्षान्त समारोहमा सोमबार विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ जना विद्यार्थी दीक्षित भएका छन्।

एकैपटक हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीलाई दीक्षित गराएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले कीर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ ।

त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।

निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन्।