३० आश्विन २०८३, शुक्रबार

एमाले विरुद्ध अलोकतान्त्रिक र हिंसात्मक गतिविधि गर्ने चाहनेको रहस्यमय हरकत नियालेका छौँ: ईश्वर पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले निरन्तर देश र जनताको पक्षमा समर्पण भावका साथ जुटिरहने बताएका छन् ।

मङ्सिर १४ देखि सुरु भएको समृद्धिका लागि झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा समापन भए पनि एमालेको अभियान जारी रहने उनले प्रतिक्रिया दिए । ‘अहिले औपचारिक रूपमा घोषित कार्यक्रम मात्र टुङ्गिएको हो, तर यो यात्राका उद्देश्य र विषयहरूलाई अगाडि बढाउने एमालेको संकल्प र योजना भने जारी रहनेछ, हामी जनताका बिचमा पुगिरहनेछौँ, जनतासितको सम्बन्धलाई गाढा बनाइरहनेछौँ’, उनले भने।
यात्राको क्रममा एमाले प्रति असहिष्णुता प्रदर्शन गर्ने, अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेका हरकत पनि राम्रोसँग नियालेको पोखरेलले बताए । ‘एमालेले संविधानसम्मत, शान्तिपूर्ण तरिकाले, सिङ्गो मुलुक र आमजनताले भोगिरहेका, अनुभूत गरिरहेका विषयमा केन्द्रित रही जनतामा जाने कुरा गरिरहेका बेला यसप्रति असहिष्णुता प्रदर्शन गर्ने, अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि एमालेले नजिकैबाट नियाल्ने अवसर पाएको छ’, पोखरेलले भने।

सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने, जनताका बिचमा द्वेष भाव फैलाउन चाहने, मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिलाई यस बिचमा नियाल्ने मौका पाएको उनको भनाइ छ । एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहने उहाँले प्रष्ट पार्नुभएको छ । ‘कुनै पनि विषाक्त तथा मुलुक र नेपाली जनताको हित विपरीतका विचार गतिविधिका विरुद्ध एमाले चट्टानी ढङ्गले उभिइरहने छ’, पोखरेलले दृढता व्यक्त गरे।

प्रचुर सम्भावना हुँदाहुँदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारण स्पष्टसँग खोजी गरिरहने र नयाँ स्तरमा जनतालाई सचेत र सङ्गठित गर्दै समाधानका लागि भूमिका खेलिरहने उहाँले प्रतिबद्धता व्यक्त गरेका ।

‘यात्रा अवधिमा र चिवाभन्ज्याङमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही संकल्पलाई दोहोर्‍याएको छ, यस यात्राको अवधिमा प्राप्त भएका विष र एमालेको संकल्पलाई हामी छिटै नै औपचारिक रूपले सार्वजनिक गर्ने छौँ’, उनले।

यात्राको क्रममा एमालेप्रति देखिएको जनताको रुचि, माया, सद्भाव र समर्थनप्रति उनले आभार व्यक्त गर्नुभएको छ । लाखौँ जनता स्वत: परिचालित भएर एमालेको अभियानमा सामेल भएर सिङ्गो एमाले पङ्क्तिलाई ऊर्जा र शक्ति प्रदान गरेको उनले बताए ।