१ कार्तिक २०८३, आइतबार

बर्दियामा चितुवाको आक्रमणबाट ८ जना घाइते

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । बर्दियामा चितुवाको आक्रमणमा परी ८ जना घाइते भएका छन् ।

गुलरिया नगरपालिका–११ गोरखचौराहा र बढैयाताल गाउँपालिका–९ टेशनपुरमा आइतबार चितुवाको आक्रमणमा परी सहायक प्रहरी हवल्दार, वन सुरक्षाकर्मीसहित ८ जना घाइते भएका हुन् ।

घाइतेहरूको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तुलसीराम अर्यालले बताए ।

बढैयाताल–९ का मोहनलाल थारुले खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयले लखेटेका थिए । त्यसपछि चितुवाले गुलरिया–११ फरमान हजामको घर पसेर आक्रमण गरी घाइते बनाएको अर्यालले जानकारी दिए।