३ कार्तिक २०८३, मंगलबार

सिटिजन्स बैंक र जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जबीच समझदारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौं स्थित जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्ज बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा हस्ताक्षर भए पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जुकोट दरबारमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १९० वटा शाखा, १५१ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।