
काठमाडौं, १ पुस । नेकपा (एमाले) ले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा सम्पन्न भएको छ ।
पाँचथरको चिवाभञ्जाङमा पुगेर संकल्प यायत्रा १८ औं दिनमा पूरा भएको हो । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा झण्डोत्तोलन गर्नुभएसँगै औपचारिक रूपमा अभियानको समापन भएको हो ।
झण्डै २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथर र भारतको सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे झण्डोत्तोलन गरी गरिएको हो ।
मङ्सिर १४ देखि बैतडीको झुलाघाटदेखि सुरु भएको अभियानको समापनको अवसरमा अध्यक्ष ओलीले झण्डोत्तलनसँगै शीलालेखको अनावरणसमेत गरेका छन् ।

















प्रतिक्रिया