९ कार्तिक २०८३, सोमबार

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, १ पुस । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

बढीमालिका नगरपालिका–२ मार्तडी खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्कोलाई ओभरट्याक गर्न खोज्दा दुवै ट्याक्टर दुर्घटनामा परेका हुन् ।

सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ भने अर्को लु ३ त ७३०५ नम्बरको ट्याक्टर भित्तामा ठोक्किएको छ । बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको हो ।

सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।