
काठमाडौं, १ पुस । रूसी सेनामा रहेको थप एकजना नेपालीको युक्रेनसँगको भिडन्तमा मृत्यु भएको छ ।
कैलालीको टीकापुर नगरपालिका-१ का ३६ वर्षीय भरत शाहको युक्रेनी सेनाको गोली लागेर मृत्यु भएको हो ।
आइतबार उनको परिवारले कुसको शव बनाएर हिन्दु परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा भरतको अन्तिम संस्कार गरेको छ । उनी तीन महिनाअघि रूसी सेनामा भर्ना भएका थिए ।
उनको मृत्युबारे सरकार र दूतावासले भने चौपचारिक जानकारी दिएका छैनन् ।















प्रतिक्रिया