९ कार्तिक २०८३, सोमबार

चिवाभञ्ज्याङ पुगेर के भने अध्यक्ष ओलीले ? (भिडिओसहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्विका लागि संकल्प यात्राले राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको र अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको बताएका हुन् ।

अभियानको क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको र यसले वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाएको ओलीले बताए ।

अध्यक्ष ओलीले मध्यपहाड विकासको योजना बनाउन यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको ओलीले दाबी गरे ।

उनले यात्रामा सहभागी लाखौँ नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिए । संकल्प यात्रा समापनका क्रममा ओलीले राष्ट्रिय झण्डा फहराएका थिए ।