९ कार्तिक २०८३, सोमबार

काम गर्न राखेकी किशोरीलाई बलात्कार गरेको आरोपमा माओवादी नेता देवकोटा पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । किशोरीलाई बलात्कार गरेको आरोपमा माओवादी नेता पक्राउ परेका छन् ।

प्रहरीले गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई बलात्कार आरोपमा पक्राउ गरेको हो । देवकोटाले घरमै संरक्षण दिएर राखेका १७ वर्षीया किशोरीलाई बलात्कार गरेका हुन् ।

उनले किशोरीलाई ६ वर्षको उमेरदेखि आफ्नै घरमा संरक्षण दिएर राख्दै आएका थिए । गोरखाका ६५ वर्षीय देवकोटा काठमाडौं महानगरपालिका-३२ मा बस्दै आएका थिए ।

किशोरीले प्रहरीमा दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गर्र्दै आएको उल्लेख गरेकी छिन् । गत तिहारबाट भने उनी देवकोटाको घरबाट बाहिर बस्दै आएकी थिइन् ।

उनी पछिल्लो समय पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपालीसँग बस्दै आएकी थिइन् । प्रहरीले दीपेशलाई पनि पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।