
काठमाडौं, १ पुस । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’ भएको भन्दै टिप्पणी गरेका छन् ।
उनको टिप्पणी केही समय अगाडी सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेको घटना र शुक्रबार गोकर्ण फरेष्ट रिसोर्टमा भएको प्रचण्डकी नातिनीको बिहेलाई लिएर गरिएको देखिन्छ ।
ल्हारक्याल लामाको नियुक्तिलाई लिएर त्यति बेला पार्टीभित्रबाटै आलोचना भएको थियो ।
त्यस्तै प्रचण्डका नातिनी (भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालकी छोरी)को बिहे शुक्रबार गोकर्ण फरेष्ट रिसोर्टमा भव्यरुपमा गरिएको विषयलाई लिएर प्रचण्डको आलोचना भइरहेको छ ।
लुम्बिनी विकास कोषमा विवादित लामाको नियुक्ति र प्रचण्डका नातिनीको बिहेको सन्दर्भ जोडेर सामाजिक सन्जालमार्फत् न्यौपानेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।















प्रतिक्रिया